मलाई पिउन देउ, डुब्न देउ, भुल्न देउ

 मलाई पिउन देउ,

मलाई डुब्न देउ,

मलाई भुल्न देउ,

किन कि तिमीलाई खोज्दा मलाई कानुन लाग्छ,

तिमीलाई छुँदा मलाई कानुन लाग्छ,

तिमीलाई पाउदा म दण्डित हुन्छु,

 त्यै भएर,

मलाई पिउन देउ,

मलाई डुब्न देउ,

मलाई भुल्न देउ।। 


तिमीजस्तो निस्ठुरी बन्न म सक्दिन,

भैगो छोडदेउ मलाई एक्लै ,

तिमीलाई केही भन्न म सक्दिन।

तिमी साथमा हुँदा निन्द्रा कहिले पुगेन, 

तिमी साथमा हुँदा लक्ष्मी कहिले बसिन, 

त्यै भएर,

मलाई पिउन देउ,

मलाई डुब्न देउ,

मलाई भुल्न देउ।।


तिम्रो लागि भनि सात घुम्ती पार गरे,

तिम्रो लागि भनि दिन रात मेहनत गरे,

नत फोनमा बालान्स हुन्थियो,

नत साथीहरुको झम्घट हुन्थियो,

तिम्रै लागि बिहान हुन्थियो,

तिम्रै लागि साझा हुन्थियो,

तिम्रै लागि रात,

तर पनि खाली हुन्थियो मेरो खाट,

त्यै भएर,

मलाई पिउन देउ,

मलाई डुब्न देउ,

मलाई भुल्न देउ।।

Comments

Popular Posts