प्रस्न उत्तर को खेल

प्रस्न उत्तर को खेल 

-२-



पानी पर्न रोकिएको थियो, त्यै पनि एक किसिमको चिसो बतास चलिरहेको थियो जसले गर्दा मेरो मुटु निर्माणाधीन भवन जस्तै हुन पुगेको थियो। स्नेहा सँग फोनमा कुरा झण्डै आधा घण्टा नै चल्यो होला र  बेलुका भेट्ने भनेर फोन राखियो। फोन राख्नासाथ मैले सोच्न थाले,

"आज एकासी स्नेहाले मलाई किन फोन गरी?, किन भेट्न बोलाकी होला?, के भन्नु छ अब त्यसलाई?, के यो त्यै स्नेहा हो जसलाई मैले आज भन्दा २ वर्ष अगाडि भेटेको थिए?" 

                                                                                          म यस्तै प्रस्नहरुको भुमरीमा हराएको थिए। फेरि पनि हातमा रहेको चुरोटको बट्टाबाट एउटा चुरोटको खिल्ली निकालेर सक्लाए र आफ्नै कल्पनाको संसारमा हराउन पुगे। पानी रोकियता पनि, मेघ गर्जन रोकिएको थिएन, त्यो भिजेको माटोको बास्ना अझै पनि आउँदै थियो, चिसो बतास अझै चलिरहेको थियो, समयले चियाको आवस्यकता मागिरहेको थियो र म त्यै अनुरुप आफ्नो भान्सामा प्रवेश गरे र चिया बनाए र फेरि पनि एउटा चुरोट सल्काएर उ संग अतीतमा बिताएका पलहरुको सम्झनामा भग्न भए।

 

"आफ्नो झलको सिट मेरो लागि छोडेकोमा धन्यवाद, मलाई गाडीमा यात्रा गर्दा अलि गारो हुन्छ!" 

लामो, अप्ठ्यारो मौनता पछि उसको त्यो मिठासले भरिएको आवाज सुन्न पुगियो। 

"केहि छैन! यात्रामा मिलेर जाने हो" 

मैले उत्तर दिए र आफैलाई धिनलाग्दो मुस्कानको साथ मैले आफ्नो शब्दमा पूर्णविराम लगाए। 

"तिमीलाई सुरुमा देख्ना साथ मलाई तिमी कस्तो सागर थापा, त्यो राइटर जस्तो लागेको थियो, के तिमी साच्चै द सागर थापा हौं?" 

उत्साह, क्रोध, इमोसन सबैको मिश्रणको साथ उसले मलाई त्यो प्रस्न सोधिन र उत्तरको रुपमा मैले केबल आफ्नो टाउको तल-माथि गरे। गाडी नै रोकिने गरी उसले चिच्याइन् र मैले गाडीमा सबै जाना लाई भने,

"केही भाको छैन!, जाम जाम" 

गाडीमा रहेका अन्टीहरुले मलाई पुरै बाटो अलि शंकास्पद हेराइले हेरेकोमा हाँसो पनि लाग्यो। मलाई थाहा थियो कि मेरो धेरै महिला प्रशंसकहरु छन् भनेर तर सायद कहिले सोचेको पनि थिइन की कोही सँग यसरी भेटिनु पर्छ भनेर। अब के थियो र सुरु भयो हाम्रो प्रस्न उतरको खेल।


चिया प्रतिको आफ्नो सन्तुष्टि र तृष्णा मेटाउने क्रममा समय बितेको थाहा नै भएन। बेलुका स्नेहा सँग भेट्ने कुरा अझै मनमा र दिमागमा घुमी राखेको थियो। धेरै नसोची मैले दराज बाट नयाँ शर्ट र प्यान्ट निकालेर तयार भए। दाजुले विदेश बाट लाईदिनु भयो परफ्युम (अत्तर) लगाएर, कपाल मिलाएर, बाइकको साँचो लिए अनि लागे उसलाई भेट्न। पुग्नु पर्ने ठाउँ थियो बानेश्वर। 

                                                    साँझको समय थियो, काठमाडौंको बाटो जामको बिजोग थियो, पानी परेर बाटो त्यस्तै त्यै पनि भेट्ने भनेर खुसी लागेको थियो। रेस्टरेन्टमा जाने बितीकै उसलाई देख्न पुगे, त्यै अनुहार, त्यै आँखा, त्यै हाँसो केही बदलिएको थिएन। आज पनि उसलाई देख्दा त्यै भावना, त्यै सन्तुष्टि, त्यै तरंग महसुस गर्छु जुन उसलाई २ वर्ष अगाडि देखाएको बेला महसुस गरेको थिए। उसको नजिकै गए अनि भने,

"हेल्लो स्नेहा!! २ वर्ष पछि, केही परिवर्तन छैन!!" 

उसले हाँस्दै जवाफ दिइन्, 

"हाइ, छैन नि, जस्तो छोडेर गको थियो त्यस्तै छु।" 

उसको त्यो जवाफमा निराशता, रिस, असभ्य सबै को मिश्रण थियो, यस्तो लाग्यो कि उसले आज म सँग केही बदला लिन्छ। त्यै पनि कुरा लाई अगाडि बढाए, 

"मैले छोडेर गको, त्यस्तो होइन होला? तिमीले चाई होला, त्यो दिनके भाको थियो सम्झना छ तिमी लाई? म त्यो मन्दिरमा तिमीलाई कुरेरै बसिरहेको थिएँ। नत तिमी आयौ नत तिमीले फोन गरौं।" 

उसले रिसाएर, आँखा अलि भिजाएर जवाफ दिइन्, 

"तिमी चाई अलि परीवर्तन भएछौ। आफ्नो मात्र सोच्ने भएछौ। मैले किन त्यस्तो गरे, किन तिमीलाई फोन गरिन्। केही सोचेको छौ। म माथि के आई परेको थियो। केही थाहा थियो तिमीलाई" 

मैले पनि टेबलमा हात राखेर अलि रिसाए झै भए, 

"किन त? किन गर्यो त्यस्तो? के आइपरेको थियो त्यस्तो? आज भन्न सक्छौ, बताउ!!" 

उसले केही भनिन, लामो मौनता पछि वेटरले पानी लायो र "अर्डर के गर्नु हुन्छ होला सर?" भनेर सोध्यो। मैले आफ्नो लागि कफी भने र उसले पनि त्यै नै भनिन। 

अब उसले आफ्नो कुरा राख्न थालिन् र उसको त्यो कुरा सुनेर म आफै मौन भए.....।

Comments

Popular Posts