नशमा मस्त

म चुरोटको र रक्सीको नशमा मस्त थिए,

म उसको नशमा मस्त थिए,

साझा ढल्दै थियो,

माहोल बन्दै थियो,

प्रेमिका को लागि प्रेमको वाण बाँडिदै थियो,

यो नशमा के को जादू छ,

उसको त्यो मुहार, 

उसका ती ओठका लाली,

उसका आँखाका ती नयन,

उसको कपालको त्यो कालो घुमारुरो लठ्,

त्यो सबै लाई एउटा ग्लास मा संक्षेप गरियो,

साच्चै यो नशामा केही जादू छ।।

माथि आकाशमा हेरे सा-साना चम्किला तारा देखें,

चन्द्रमा लाई ग्लासमा राखे,

तारा बाट रश निचोरे,

फेरि उसकै नशमा मस्त भए,

साच्चै यो नशामा केही जादु छ।।

Comments

Popular Posts