४ घण्टाको प्रेम

४ घण्टाको प्रेम 

पहिलो भेट 

-१-

४ घण्टाको प्रेम


 असार महिनाको रिझाउने झरी, सुस्म बतास चलिरहेको थियो। एक्नासे अभिवर्षले बाहिरी वातावरण मनोरम बनाएको थियो, दिन थियो शनिबारको, आलस्यताले आफ्नो चरम सीमा नगिसकेको थियो। म दराजबाट चुरोटको बट्टा निकाली त्यसबाट चुरोटको एक खिल्ली निकालेर लाइटरको खोजीमा लागे। धेरै संघर्ष गरी लाइटरको खोजी गरे पछि, झ्यालको नजिक गई आफ्नो हातमा रहेको चुरोटको खिल्ली सल्काएर बाहिरी वातावरणमा मनमोहित भई अधिभुज गरी रहेको थियो। बाहिर झरी रहेका पानीका थोपाहरुलाई महसुस गरी चुरोट को एक सर्को धुवाँ प्रण गरे। 

चराहरू एक अर्काको तालमा ताल मिलाएर गाउँदै थिए। भिजेको माटोको बास्ना मेरो नाकमा आई मेरो नाक सँग लुकामारी खेल्दै थिए। मेध गर्जियो र मेरो अधिभुजलाई निचोरेर लाग्यो। कता कता बादलको बिचबाट घामले निहालेर हेर्ने धुस्सहस गर्यो। 

                                        यतिकैमा मेरो फोनमा कसैको फोन आयो, नौलो नम्बर थियो त्यसैले उठाउन मन् लागेन सत्य त के थियो भने मलाई कसै सँग कुरा गर्न मन नै थिएन। फेरि मेरो फोन बज्यो त्यही नम्बर थियो केही अत्यावश्यक नै होला भने यस पाली उठाए। 

"हेल्लो" 

उता बाट केहि उत्तर आएन फेरि भने, 

"हेल्लो" 

फेरि केही उत्तर आएन, यसपाली अलि जोध दिएर भने 

"हेल्लो! को बोल्नु भको?" 

यसपाली सारै मोहित पर्ने आफ्नो काबुमा पर्ने आवाज मेरो कानमा आई मेरो मन प्रफुल्लित पार्यो। "हेल्लो! मलाई बिर्सिएको, चिनेनौ?" 

त्यो आवाजलाई बिर्सिनु त नपर्ने तर म लाटो बिर्सिन पुगे। जो सुकैको त्यो आवाज थियो पक्कै कुनै अपसर भन्दा कम छैनन् होला भनेर सोचे। सम्झिने प्रयास गर्दै गर्दा मैले भने, 

"ठम्याउन अलि गाह्रो पर्न पुग्यो, को बोल्नु भाको"? 

अलि निरास लयमा, 

                                "मलाई थाहा थियो तिमीले मलाई बिर्शिसक्यो भनेर, म स्नेहा बोलेको, टाटा सुमोमा तिम्रो सिटमा बस्ने स्नेहा बोलेको, बाटो भरी तिमीलाई वाक्क पर्ने स्नेहा बोलेको, अब चिन्यो मलाई?" 

                                                                                                                                        बिजुली चम्किए झै म चम्किए, मेरो मन भ्यागुतो उफरिय झै उफरियो, जीउ नै सिरिङ्ग भएर आयो। मेरो लागि त उ त्यो स्नेहा थिईन जो अलि मोटी, अलि होची, तर सारै राम्ररी, जसको दुइटा साना साना हातमा ठुला ठुला झोला थिए, जस्को कारण २० मिनट गाडी दिलो चलेको थियो, मेरो लागि त स्नेहा त्यो चम्किलो किरण जस्तो थियो जसको आगवण भएमा खुसी पनि लाग्ने तर टाउको पनि दुख्ने। स्नेहा....।


पौषको महिना थियो, बिहानी समय थियो, काठमाडौं सहरको चिसो मौसम थियो, हातमा तातो चिया र चुरोटको मिलेको साथ थियो, पर्खाइ गाडी कहिले हिडला भन्ने थियो। 

                                                                                        यतिकैमा टाढा बाट एउटी सानी होची अलि मोटी केटी आको जस्तो लाग्यो, दौडने तरिका देख्दा केटीनै हो जस्तै लागेको थियो। रातो स्वेटर, कालो टोपी र नीलो मफलर र नीलो  जिन्स लगाएर एउटी केटी आउँदै गरेको देखे। पौषको महिना बिहानी समय, देख्न अलि गाह्रो भइरहेको थियो, कुहिरोको राम्रो वर्चस्व थियो। बिस्तारै बिस्तारै त्यो रातो स्वेटर मेरो नजिक नजिक आको देख्दा अलि डर पनि लाग्दै थियो। 

स्नेहा पेसाले विद्यार्थी थिइन त्यसैले होला उसको हातमा त्यस्तो ठूलो र किताबले भरिएको झोला थियो, किनकि उसको त्यो झोला गाडी माथि राख्ने बेला उसले भनेको अझै मलाई सम्झना आउँछ, 

" दाई किताबहरू छन् केहि त हुँदैन होला नि ?" 

सारै मिठो र सुरिलो आवाज थियो उसको, यस्तो लाग्यो कि जब चराहरू एकै स्वरमा आफ्नो ताल मिलाएर बाहिरी मनोरम मौसम अनुसार आफ्नो सुन्दर संगीतको प्रदर्शन गर्छन् र मन् आनन्दले भरिदिन्छ, त्यस आनन्दको अनुभुति उसको त्यो आवाज सुनेर लागेको थियो। 

                                                            आनन्द त लागेको थियो तर रिस पनि उठेको थियो। एक त ढिलो आउने र त्यै माथि मेरो झ्यालको सिट पनि कब्जा गर्ने। मैले केही भनिन, केटी मान्छे, मेरो भित्रको सज्जन छवि बाहिर आयो। गाडी टौदह तिर पुगेको मात्र के थियो उसले मसँग पहिलो प्रस्न सोधिन, र मलाई आज सम्म पछुतो लाग्छ की मैले त्यस प्रस्नको उत्तर किन दिए भनेर.........।

                                                            

                                                            

Comments

Popular Posts